माओवादी केन्द्र नयाँ सांगठानिक संरचनमा जाने

माओवादी केन्द्र नयाँ सांगठानिक संरचनमा जाने

नेकपा (माओवादी केन्द्र)ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ सांगठानिक संरचनमा जाने भएको छ। हिजो बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला र २० प्रतिशत दलितको अनिवार्य प्रतिनिधित्व हुने छ। त्यस्तै सबै समितिका पदाधिकारीमा १ जना महिला अनिवार्य राखिने छ ।

२० प्रतिशत युवाको अनिवार्य उपस्थि गराइने छ भने केन्द्रीय कमिटीमा दलित समुदायबाट कम्तीमा १५ प्रतिशत र अरु कमिटीमा त्यहाँ रहेको जनसंख्याको अनुपातमा २ प्रतिशत थप गरेर सहभागी गराउने निर्णय भएको छ । माओवादी केन्द्र बहुपदाधिकारी प्रणालीमा जाने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार