कोरोना उपचारमा आवश्यक पुर्वाधार बनाउन सरकारलाइ एमालेको ध्यानाकर्षण

कोरोना उपचारमा आवश्यक पुर्वाधार बनाउन सरकारलाइ एमालेको ध्यानाकर्षण

नेकपा एमालेले कोरोना सङ्क्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारका साथै अत्यावश्यक औषधिको तत्काल प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो बालुवाटारमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले कोभिडका सङ्क्रमितहरुको आवश्यक उपचारका लागि प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको वक्तव्यमा बैठकले कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैयाहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उल्लेख छ ।

बैठकले समग्र पार्टी पंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाइँमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार