राजनीतिक दल कोरोना नियन्त्रण भन्दा राजनीतिक चलखेलमा केन्द्रीत

राजनीतिक दल कोरोना नियन्त्रण भन्दा राजनीतिक चलखेलमा केन्द्रीत

कोरोनाको उच्च जोखिम बढिरहेका बेला सरकार र राजनितिक दल कोरोना नियन्त्रणमा भन्दा पनि राजनितिक चलखेलमा बढि केन्द्रीत भएका छन् । नेकपा एमाले भित्रको विवादका कारण शिर्ष नेताहरु कोरोनाको कहर नियन्त्रणमा भन्दा आफ्नै पार्टी कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको सरकार जोगाउन र पार्टी भित्रका नेताहरुलाइ कारबाही गर्नमा व्यस्त देखिनुभएको छ । माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पनि यतिबेला आफ्नै पार्टी भित्रको आन्तरिक कलह मिलाउने र सकेसम्म सरकारमा जाने दाउपेचमा लागेका छन् ।

राजनितिक परिस्थिति प्रतिकुल भएका कारण पनि कोरोना नियन्त्रण र रोकथाममा सरकार तथा राजनितिक दल कसैको पनि ध्यान गएको छैन । प्रदेश स्तरमा पनि राजनितिक परिस्थिति अनुकुल नभएकाले प्रदेश सरकार कोरोना नियन्त्रणमा भन्दा सरकार जोगाउने खेलमा बढि केन्द्रीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार