राजनीति
राष्ट्रको विशिष्ट उद्देश्य प्राप्त गर्नको निमित्त गरिने अग्रगामी परिवर्तनलाई विशेषतः राजनीति भनिन्छ । राजनीति भनेको राज्यको मूल नीति हो । राज्य चलाउने साधन हो । कुनै पनि राज्यको आकार एवं संरचना राजनीतिले नै तय गर्ने गर्दछ । भनिन्छ कलिला बालबालिकामा देश भेटिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । वृद्ध भएका बुबा आमाका गालामा देशका सीमाना भेटिन्छ । […]