रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने अजय क्रान्ति शाक्य आन्तरिक मामिला मन्त्री बन्नुभएको छ । यसअघि आन्तरिक मामिला मन्त्री रहेका केशव पाण्डे भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ ।

आज थपिएका मन्त्रीहरु : 

बद्री मैनाली

सरस्वती बाटी

जुनेली श्रेष्ठ

जीवन खड्का

शान्ति प्रसाद् पौडेल

अजय क्रान्ति शाक्य

चन्द्र लामा

रचना खड्का

प्रदीप कटुवाल

विजय सुवेदी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार