२२ गतेपछि मात्रै सरकारले पूर्णता पाउने

२२ गतेपछि मात्रै सरकारले पूर्णता पाउने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारका बारेमा सत्तापक्षिय नेताहरुसँग निरन्तर छलफल गर्दै आए पनि कुनै निष्कर्ष निस्किएको छैन । अब २२ गतेपछि मन्त्रीपरिषद् विस्तार हुने भएपछि दलहरू मन्त्री छान्ने अनौपचारिक छलफलमा जुटेका छन् । माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि मन्त्रालय र मन्त्रीको टुङ्गो लगाउने गरी छलफलमा जुटेको छ ।

सत्ता पक्षीय दलहरूबीचमा नै मन्त्रालयको विषयमा मनमुटाव देखिएको छ । शक्तिशाली मानिएका मन्त्रालय आफ्नो पक्षमा हुनुपर्ने माग माओवादी केन्द्र, नेकपा एस तथा जनता समाजवादीले गर्न थालेपछि सरकारले पूर्णता पाउने ढिलाइ भएको नेताहरूको भनाइ छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब केही दिनमा सरकारले पूर्णता पाउने गरी छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार