एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् ।

उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक जनागरी जिल्लाका ५ जनाले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन ।

एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिहरु : 

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत

गोकुलगंगा गाउँपालिका–५ का वडाअध्यक्ष बलराम खड्का

मन्थली नगरपालिका–१२ गेलुका वडा सदस्य उमेश कार्की

मन्थली नगरपालिका–१२ गेलुका वडा सदस्य लिला बहादुर बुढा

लिखु तामाकोसी गाउँपालिकाका दलित महिला सदस्य भिम लक्ष्मी सार्की

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार