एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा विरोध र समर्थन

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा विरोध र समर्थन

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुबैमा समर्थन र विरोध दुबै भइरहेको छ । काँग्रेसभित्र पनि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा संसदबाट यसलाई पारित गर्ने पक्षमा रहनुभएको छ भने केही नेताहरु यसको विपक्षमा रहेका छन् । एमालेका नेता भीम रावलले एमसीसी सम्झौता पारित गर्न नहुने बताउँदै आउनुभएको छ ।

माओवादी केन्द्र र एमालेभित्र पनि नेताहरूबीचमा फरकफरक धारणा रहेको छ भने एकीकृत समाजवादीका नेताहरूले परिमार्जनसहित पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यसैबीच, एमसीसीको विषयलाई लिएर आन्दोलन तोडफोड सुरु भएपछि सरकारले त्यसो नगर्न विज्ञप्तिमार्फत अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एमसीसीको विषयलाई लिएर तोडफोड तथा भौतिक आक्रमणका घटना हुन थालेकाले सरकारले सम्बन्धित मुलुकलाई आश्वस्त पार्नका लागि सरकारले विज्ञप्ति निकालेको बताउनुभयो । सरकारले अब बस्ने संसद बैठकमा यस बारेमा छलफल चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार