रामेछापमा दोब्बर मतले कान्छाराम अगाडी,पछ्याउदै ढुंगेल

रामेछापमा दोब्बर मतले कान्छाराम अगाडी,पछ्याउदै ढुंगेल

रामेछापमा प्रतिनिधि  तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । अहिलेसम्म २३ सय २३ मत गणना हुँदा कान्छारामले १२ सय २५ मत प्राप्त गर्नुभएको छ ।

एमालेका उम्मेदवार कैलाश ढुंगेलले ६८७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश क अन्तर्गतको पनि मतगणना भैरहेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । उहाँले ९०५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ७५४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार