रामेछापको प्रदेश सभा (क) मा श्रेष्ठ अगाडी,पछ्याउदै पौडेल

रामेछापको प्रदेश सभा (क) मा श्रेष्ठ अगाडी,पछ्याउदै पौडेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणम अनुसार प्रदेश सभा क मा ११ सय ८३ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ ।

उहाँले ११ सय ८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले एक हजार ५० मत प्राप्त गर्नुभएको छ । राप्रपका उम्मेदवार हिक्मत सुनुवारले ८ सय ६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ ।

अहिलेसम्म २८ सय २२ मत गणना हुँदा कान्छारामले १४ सय ३६ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलल ८ सय ८७ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा ख को मतगणना भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार