होलीमा उच्छृंखल गतिविधि रोक्न रामेछापमा एक सय प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय रामेछापले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै प्रहरी खटाउने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व मनाउन अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । होली पर्वलाई सभ्य र […]

बागमती प्रदेश सरकारको ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत मात्र खर्च

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ ।सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण […]

ब्राउन सुगरसहित रामेछापका मगर पक्राउ

मोरङको बिराटनगरबाट ब्राउन सुगर सहित प्रहरीले ३ जना पक्राउ परेका छन । बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरूमा रामेछापका एक पुरुष पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछापका ३४ वर्षका कृष्ण बहादुर मगर, सिन्धुपाल्चोकका ३८ वर्षका सन्दिप खड्का र काठमाण्डौका २३ वर्षका हिमाल नेपाल रहेका छन । उनिहरूको साथबाट प्रहरीले […]

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछापले सिन्धुपाल्चोकलाई हरायो

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप विजयी भएको छ । रामेछापले सिन्धुपाल्चोकलाई हराएको हो । रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गर्नुभयो । सिन्धुपाल्चोकका सुजन माझी र विज्ञान थिङले मात्र गोल गर्न सके । खेलमा रामेछापका […]

जिल्ला अस्पताल रामेछापमा सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ शल्यक्रिया

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएको शनिबार १२ औँ दिन पुगेको छ । सेवा सुरु भएको १२ औँ दिनमा ५ औँ सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया सुरु भएदेखी नै अस्पतालमा सुत्केरी हुन आउनेहरुको संख्यामा वृद्धि भएको छ […]

देउरालीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली लाम्टेमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रातमाटा मगर समाज प्रथम भएको छ । प्रतियोगितामा लाम्टे मगर समाजले द्वितीय स्थान हासिल गर्दा रामपुरले भने तृतीय स्थानमा चित्त बुझाएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं २ देउरालीले आयोजना गरेको उक्त प्रतियोगिता यहि फाल्गुन २७ गते सुरु भएर […]

रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

जनता समाजवादी पार्टी नेपालको संघिय परिषद केन्द्रीय सदस्य एवम सचिवलय सदस्यमा रामेछापका युवा नेता रोज बहादुर मोक्तान मनोनीत हुनुभएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकको निर्णयले मोक्तानलाई मनोनीत गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका टिमु घर भएका मोक्तान बिगत लामो समय देखि नै पार्टीमा निरन्तर लागि परिरहेको नेता हुनुहुन्छ । समाजका हरेक समस्यलाई पहिचान […]

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जिते

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना […]

जिल्ला अस्पताल रामेछापमा निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा ४ दिनसम्म सन्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार बढीले सेवा लिएका छन । यहि फाल्गुन २३ गतेदेखी २६ गतेसम्म चलेको शिविरमा १ हजार ४८ जनाले सेवा लिएको जिल्ला अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले जानकारी दिनुभयो । शिविरमा ६२५ जनाले दन्त सेवा,२७४ जनाले फिजियोथेरापी र १४९ जनाले दुखाई व्यवस्थाप गरी जम्मा […]

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन भुमि आयोगको आह्वान

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । आयोगले ४१ जिल्लाका १५९ स्थानीय तहमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सम्बन्धित स्थानीय तहबाट निवेदन दिन आग्रह गरेको हो । प्रदेश १ का मोरङ, तेह्रथुम, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा र भोजपुर, मधेस प्रदेशका रौतहट, धनुषा, […]