एमाले बागमती प्रदेशको अधिवेशन:ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धा

एमाले बागमती प्रदेशको अधिवेशन:ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धा

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा अहिले केहीबेरमा मतदान सुरु गर्ने तयारी भएको छ ।

बागमती प्रदेश अध्यक्षका लागि एमाले नेता कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।

निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुङ्गेलले उम्मेदवारी दिए पनि अरुले हिजो साँझ उम्मेद्वारी फिर्ता लिएका थिए । एमालेले प्रदेश कमिटीको आकार पनि बढाएको छ ।

यसअघि पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको एमालेले ५ सङ्ख्या बढाएर २४५ बनाउने भएको छ । आदिवासी, जनजाति र पिछडिएको वर्गबाट ५ सदस्य थपिने एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार