जवरजस्ती करणी गरेको आरोपमा रामेछाप उमाकुण्डका दुई जना पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा रामेछाप उमाकुण्डका दुई जना पक्राउ

रामेछापमा जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जवरजस्ती करणीको छुट्टा–छुट्टै घटनामा संलग्न भएको आरोपमा एक बालक सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षीय दिल बहादुर कार्की र १५ वर्षीय एक बालक रहेका छन् । कार्की यही असोज ४ गते दिउँसो उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारका २८ वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई जिल्ला अदालत रामेछापबाट म्याद थप भई हिरासतमा राखेर अनुसन्धान गरिरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उमाकुण्डकै ६० वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका १५ वर्षीय बालकलाई बाल निग्रानी कक्षमा राखी अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा रामेछापमा जवरजस्ती करणीका घटनाहरु बढी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार