सुनकोसी नदिको किनारमा फेला परेको शव आफन्तले बुझे

सुनकोसी नदिको किनारमा फेला परेको शव आफन्तले बुझे

सुनकोसी नदिको किनारमा फेला परेको शव आफन्तले बुझेका छन । यहि असोज १ गते रामेछापको खाडाँदेवी गाउँपालिका वडा नं. १ लुबुघाट स्थित सुनकोसी नदिको किनारमा वेवारिसे शव फेला परेको थियो ।

मन्थली अस्पतालमा पहिचान तथा पोष्टमार्टमका लागी राखिएको शव बिहिबार आफन्तले बुझेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त शव खोटाङ दिक्तेल रुपाकोट मझुवागढीका वर्ष ५२ का देव बहादुर थापाको रहेको खुलेको छ ।

मृतका छोरा बर्ष २३ का राजन थापाले शव पहिचानपछि सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार