एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका नेता कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ढुङ्गेलले आफ्ना प्रतिस्पर्धी कृष्ण दाहाललाई २ सय ५७ मतले पराजित गर्नुभयो । ढुङ्गेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत पाउनुभयो ।

त्यस्तै दावा दोर्जे लामा ६ सय १५ मतसहित प्रदेश उपाध्यक्षमा निर्वाचित हुनुभयो । सचिवमा नवराज सिलवाल एक मतले विजयी हुनुभयो । सिलवालले ५ सय ६८ र हस्त पण्डितले ५६७ मत पाउनुभएको छ ।

उपसचिवमा खुलातर्फ ३ सय ६७ सहित प्रेमबहादुर महर्जन र महिलातर्फ ५ सय ९९ मतसहित भक्तकुमारी लामा विजयी हुनुभयो । ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो भएको मतदानमा कुल एक हजार १ सय ३५ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार