रामेछापको सुकाजोरमा समुदायमा सरकारी वकिल कार्यक्रम

रामेछापको सुकाजोरमा समुदायमा सरकारी वकिल कार्यक्रम

रामेछापको रामेछाप नगरपालिका ७ सुकाजोरमा
समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रामेछापको आयोजनामा भएको उक्त कार्यक्रममा कस्तो घटना अड्डा अदालत जाने, कस्तो घटनामा गाउँमा मिलाउने र सकभर आपराधिक घटना हुन नदिने सम्बन्धी छलफल भएको हो ।

कार्यक्रममा सरकारी वकिलले गर्ने कामको बारेमा समुदायलाई जानकारी गराइएको थियो ।साथै समुदायमा प्रहरी साझेदारी कार्यक्रम पनि गरिएको थियो ।

जिल्ला न्यायाधीवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुली,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे,वडाअध्यक्ष समीर कार्की लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार