रामेछाप गेलुमा बोलेरो गाडी दुर्घटना ५ जना घाइते
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको छ । गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको बा १८ च ६९४३ नम्वरको बोलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । […]