रामेछापका माझी समुदायले मनाए लदी पर्व

रामेछापका माझी समुदायले मनाए लदी पर्व

रामेछापका माझी समुदायले आज खोलालाई भगवानको रुपमा सामुहिक पुजा गर्दै धुमधामका साथ मौलिक पर्व लदी पर्व मनाएका छन । रामेछापको तामाकोशी,सुनकोशी,लिखु लगायतका नदी तथा खोलाहरुको किनारामा बसोबास गर्ने माझी समुदायले यो पर्व मनाएका हुन । उनिहरुले खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर खोलालाई सामुहिक पुजा गरेका छन ।

रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुुरमा माझी उत्थान केन्द्रले आयोजना गरेको कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतामा त्यहाँका माझी समुदायले धुमधामका साथ लदी पर्व मनाएका हुन । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले माझी समुदायलाई आधुनिक प्रविधि सहितको विकास माग गर्न आग्रह गर्नुभएको छ ।

अहिलेको समायमा पनि माझी समुदाय निकै पछि परेको बताउँदै उहाँले दबाब समुह खडा गरेर अगाडी नबढेसम्म अभाव नहट्ने बताउनुभयो । नगरका सबै माझी समुदाय एकजुट भएर लागे नगरपालिकाले अवश्य सहयोग गर्ने उप्रमुख खड्काले बताउनुभयो । वडा नम्बर ५ का वडाअध्यक्ष भिम बहादुर तामाङले वडाले माझी समुदायको उत्थानको लागी हरेक वर्ष विभिन कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । वर्षौपछि आफ्नो मौलिक पर्व भव्य रुपमा मनाउन पाउँदा त्यहाँका वृद्धवृद्धादेखि युवा पुस्तासँगै बालबालिका पनि निक्कै हर्षित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार