सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन । जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता […]

काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । उमेरले […]

आजदेखि मतदाता नामावली सङ्कलन हुने

निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो । […]

रामेछापमा आज देखि फोटो सहितको मतदाता नामावली संकलन हुने

जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आज देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै […]

आजदेखी जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो । केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती […]

रामेछाप गोठगाउँमा १५ वर्षिया बालिका बलात्कृत,३२ वर्षिय पुरुष पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिया बालिका बलात्कृत भएकी छन । यहि मंसिर ९ गते साँझ ७ बजेको समयमा गोठगाउँ खुर्पाती भन्ने ठाउँका वर्ष ३२ का नवराज कार्कीले बालिकालाई बलात्कार गरेको रामेछाप प्रहरीले जानकारी दिएको छ । ति पुरुषले बालिकालाई डर त्रास देखाई लछारपछार गर्दै बाँसघारी नजिकैको सिस्नोघारीमा लगेर बलात्कार […]

राखेपका नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङद्वारा पदभार ग्रहण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज मङ्गलवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारमा रहेकाे मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो । मन्त्रिपरिषद्को हिजाे सोमवारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी […]

रामेछाप मन्थली मसानटारमा ट्रक दुर्घटना चालकको ज्यान गयो

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ मसानटारमा आज विहान ट्रक दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ट्रक चालकको ज्यान गएको छ । चितवन नारायणघाटबाट मन्थली तर्फ आउदै गरेको प्रदेश नं २–०३–००१ ख ४७६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक वर्ष २८ का सूर्यबहादुर भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी […]

जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने

केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना अवधिमा छुटेकाहरूलाई टोलफ्री नम्बरमा सम्पर्क गरेर सहभागी हुने व्यवस्था मिलाएको छ । विभागले ९ गते भित्र आ आफ्नो स्थानमा भएका तर गणना हुन छुटेका नागरिकलाई ११७८ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो । विभागले नागरिकको सुचनाका आधारमा घरसम्म गणकहरू पठाएर गणना गर्ने व्यवस्था मिलाएको पनि जनाएको […]