हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ.द्वारा चितवनको चेपाङ वस्तिमा राहत वितरण

हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ.द्वारा चितवनको चेपाङ वस्तिमा राहत वितरण

चितवन जिल्लाको भण्डारा राप्ती नगरपालिका वडा नं ३ को सुन्दरवस्ती गैरी गाउँ खोला किनारामा १३ घर चेपाङहरु विगत केही वर्ष देखी बसोबास गर्दै आएका छन् । उनीहरुले पहिला देखी नै नाना, खाना र छानाको समस्या झेल्दै आएका छन् । चेपाङहरु शिक्षाको हिसाबले हेर्ने हो भने पनि निकै पिछडीएको समुदाय हो । अशिक्षा र बेरोजगारीका कारण उनीहरु खोला किनारामा आश्रय लिएर बसोबास गर्दै आएका छन् । उनीहरुलाई बेलुका खाए विहान के खाऊँ, विहान खाए बेलुका के खाउँको अवस्था छ भने ओढ्ने ओछ्याउने पनि त्यस्तै समस्या झेल्दै आएका छन् ।

प्राथना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै युनाइटेड स्टेट अफ अमेरिकामा केन्द्रिय कार्यालय रहेको विश्वभर छरिएर रहेका मनकारी व्यक्तिहरुको पवित्र संस्था  हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ. ले यहि  पुष २१ गते अति नै विपन्न १३ घर परिवारलाई एक चालम, दाल, नुन, तेल, बेसार, मसला, आलु, सोयाविन, चिउरा, दालमोट, आलु, चना, केराउ, नुहाउने लुगा धुने साबुन, स्याम्पु लगायतका दैनिक उपाभोग्य सामग्रीहरु वितरण गरिएको थियो  । त्यहाँ रहेका सुत्केरी, बालबालिका तथा बृद्ध बुबाआमाहरुलाई न्यानो कपडा, पोसिलो खानेकुरा साथै नगद वितरण गरिएको छ ।

पुषको कठ्याङ्ग्रिदो चिसोबाट बचाउनको लागि कमल, म्याट, डस्ना, त्रिपाल लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।  हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ. ले गरेको  यो कार्यले उहाँहरुको खुम्चिएको मुहारमा मुस्कान ल्याउन पाउँदा विश्वभर छरिएर रहनुभएका हेल्पिंग ह्यान्ड्स यु. एन्. बी.ओ.का युवा समाजसेवीहरु प्रफूलित भएका छन् । उक्त कार्य युवा समासेवी प्रदिप घिमिरेको अगुवाइमा भएको थियो । प्रदिप घिमिरे अमूल्य पछिल्लो समय युवाहरुको लागी उदाहरणीय पात्र सावित भएका छन् । साथै आगामी दिनहरुमा पनि उहाँहरुलाई सहयोग गर्ने युवा समाजसेवीहरु बताउनुहुन्छ ।

हेल्पिंग ह्यान्ड्स यु.एन्. बी.ओ. को यस्तो सरहानीय कार्यलाई चितवन निवासी चेपाङ समुदायले हृदयखी नै गद्गद भएर स–धन्यवाद साथै खुसी व्यक्त गरेका छन् । आगामी दिनहरुमा चेपाङ समुदायले पनि यस्तो कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार