सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला नहुन गृहमन्त्रालयको आग्रह

सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला नहुन गृहमन्त्रालयको आग्रह

गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने,अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने तथा अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने निर्णय गृह मन्त्रालयले गरेको हो ।

यसअघि सीसीएमसीको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको थियो । सीसीएमसीको सोही सिफारिसको आधारमा गृहमन्त्रालयले निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार