आजबाट १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ । अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई लगाउन थालिएको हो । कोभ्याक्स सुविधामार्फत् सहयोग स्वरुप फाइजर बायोएनटेकले विकास गरेको फाइजर खोप आजबाट लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले […]

एमाले महाधिवेशन प्रतिनिधि चयनका लागी रामेछापमा १२ पदमा ६४ को उम्मेदवारी

नेकपा एमालेको महाधिवेशनका लागि रामेछापबाट प्रतिनिधि बन्न खुलातर्फ आवश्यकभन्दा ५ गुणा धेरै उम्मेदवारी परेको छ । रामेछापमा खुलातर्फबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेमा बिहीबार निर्वाचन समितिको कार्यक्रम बमोजिम उम्मेदवारी दिने समयसीमा भित्र उक्त संख्याका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ५ जना महिला प्रतिनिधिको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । […]

रामेछाप एमाले लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन

नेकपा एमाले रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बहिबार बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । एमाले प्रचार […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरू

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगाणना गर्न लागिएको हो । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको […]

रामेछाप मन्थलीमा माइक्रोबस दुर्घटना,चालक घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं २ आकाशेमा आज माईक्रोबस दुर्घटना भएको छ । बा १ ज ७५८२ नम्बरको माईक्रो विहान अन्दाजी ८ बजेको समयमा दुर्घटना भएको हो । मन्थली बजारबाट यात्रु लिन आकाशे हिँडेको माईक्रो फर्काउने क्रममा ब्रेक फेल भएर सकडबाट अन्दाजी ६ मिटर तल खसेको रामेछाप प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा चालक […]

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ । उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को […]

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै, आज सार्वजनिक बिदा

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् । आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि […]

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाए

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । उहाँले प्रमुख प्रतिपक्ष दल […]

सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको परिचय खुल्यो

सल्यानमा वस दुर्घटनाका मृतक सबैको परिचय खुलेको छ । मृत्यु हुनेहरूमा शारदा नगरपालिका –१२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका ६– बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका –२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका– ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका –१ काभ्रा की २४ वर्षीया मिना शाही, त्रिवेणी गाउँपालिका ४ की ९ […]