पसलमा मूल्यसूची नराख्दा रामेछापका उपभोक्ता मर्कामा

पसलमा मूल्यसूची नराख्दा रामेछापका उपभोक्ता मर्कामा

मूल्यसूचीबिना सञ्चालनमा आएका पसलका कारण रामेछापका उपभोक्ता मर्कामा परेका छन् । सदरमुकाम मन्थली क्षेत्रका पसलहरूले मूल्यसूचीबिना नै खाद्यान्न तथा अन्य सामग्री बिक्री गर्दा उपभोक्ता ठगिएको गुनासो प्रहरी, प्रशासनमा पुग्ने क्रम बढ्दै गएको छ ।

बजारको अनुगमन तथा व्यवस्थापनबारे स्थानीय सरकारले पनि अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । तर विधि र प्रक्रिया पूरा नगरिँदा पनि जनप्रतिनिधिको ध्यान नगएको उपभोक्ताको गुनासो छ । रामेछापको उद्योग वाणिज्य सङ्घले मूल्यसुची निर्धारण गरी सबै साना उद्योग, खाद्य तथा किराना पसल, फेन्सी तथा कपडा पसल र होटलमा वितरण गरेको छैन ।

जिल्लामा उद्योग वाणिज्य सङ्घ निष्किृय हुँदा समस्या भएको उपभोक्ताहरुले बताउँदै आएका छन । गृह मन्त्रालय र अरु सरोकारवाला निकायले व्यवसायीलाई मूल्यसूची नटाँसे कारबाही गर्ने चेतावनी दिँदै आए पनि रामेछापका व्यवसायीले मूल्यसूची राखेका छैनन् । गाउँघरमा खुलेका पसलहरूमा पनि मूल्यसूची नहुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार