रामेछाप दुरागाउँ बसेरीमा ट्याक्टर दुर्घटना १ जनाको ज्यान गयो,२ जना घाईते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नंं १ दुरागाउँ बसेरीमा आज ट्याक्टर दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन । उक्त दुर्घटनामा परी वर्ष ५४ का उद्धवराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा दुर्गाबहादुर भुजेल र उहाँको […]

रामेछाप नगरपालिकाको २ वटा वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले २ वटा एम्बुलेन्स खरिद गरेको छ । उक्त एम्बुलेन्स आज २ वटा वडाका वडाअध्यक्षलाई हस्तान्तरण गरिएको हो । भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैँयामा खरिद गरिएको दुईवटा एम्बुलेन्स आज वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरलाई हस्तान्तरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा […]

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो । आ.व २०७८/७९ […]

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप गाल्पा आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप आउनुहुने भएको छ । आज रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो । उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने […]

सुकाजोरका ७५ जना जेष्ठ नागरीक सम्मानित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा लगभग २५ जना जेष्ठ नागरीकहरु उपस्थित हुनुहुन्थ्यो […]

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो । अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने […]

सर्वोच्च अदालतमा देखिएको विवाद अझै समाधान हुन सकेन

न्यायपालिका शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधिस र न्यायाधिस तथा अधिवक्ताहरु बीचमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन । २० दिन भन्दा बढि समय देखि जारी आन्दोलनका कारण सर्वोच्च अदालतको इजलास प्रभावित भइरहेको छ । न्यायाधिस तथा नेपाल बार एसोसियसनका पदाधिकारीहरुले प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायासिले राजीनामा नदिएका कारण आन्दोलन […]

दशौं महाधिबेशनका लागी रामेछापमा १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन

रामेछापमा नेकपा एमालेले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको लागि ६५ जनाले उम्मेदवारी दिएको भए पनि कार्यदलको छलफलबाट सहमति जुटेको प्रमुख […]

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउँदै

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउनुहुने भएको छ । यहि कात्तिक ३० गते रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो । उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक […]

नेपाल बारले आजबाट देशभर आन्दोलन गर्दै, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

नेपाल बार एसोसिएसनले आजबाट देशैभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै बारले आजबाट देशभर आन्दोलन गर्ने भएको हो । बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको […]