नेपाल रेडक्रस सोसाइटी उप शाखा रामेछापमा नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस सोसाइटी उप शाखा रामेछापमा नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस सोसाइटी उप शाखा रामेछापमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको सातौँ अधिवेशन तथा बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

उप शाखाको सभापतिमा रविन्द्र कुमार श्रेष्ठ(दिनेश),उपसभापतिमा क्रमश इन्दु कुमारी बस्नेत,सरोज कटुवाल,सचिवमा हरि कुमार कार्की,कोषाध्यक्षमा सुमन कुमार श्रेष्ठ,उप कोषाध्यक्षमा रीता कुमारी मगर,उपसचिवमा चुक्त बहादुर मगर र सदस्यहरुमा उमेश बिक्रम थापा,धु्रव कुमार बस्नेत,गौतम कुमार श्रेष्ठ र तारा घिमिरे चयन हुनुभएको हो ।

बार्षिक साधारण सभा कार्यक्रममा उप शाखा रामेछापले गरेका कामहरु,आगामी योजना,चुनौती तथा समस्याहरुको बारेमा जानकारी गराइएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका सभापति शिव कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार