अब बागमती प्रदेशमा लाइसेन्सको ट्रायलमा ७० अङ्क ल्याए पास हुने

अब बागमती प्रदेशमा लाइसेन्सको ट्रायलमा ७० अङ्क ल्याए पास हुने

बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायलमा ७० अङ्क ल्याएपनि उत्तीर्ण हुने व्यवस्था आजबाट कार्यान्वयनमा आउँदै छ । प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उक्त नयाँ मापदण्डको आज शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण हुनका लागि १०० पूर्णाङकमा १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै आजबाट नयाँ मापदण्ड कार्यान्वयन हुन लागेको हो । बागमती प्रदेशमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयमध्य सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रले आजबाट ७० अङ्क ल्याएट्रायल परीक्षा पास हुने व्यवस्था गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार