रामेछापको धोबीमा सुन लुटेर भाग्दै गरेको युवक पक्राउ

रामेछापको धोबीमा सुन लुटेर भाग्दै गरेको युवक पक्राउ

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटस्थित नागिटोलमा सुन लुटेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार नागिटोलमा गोमा महतराको घरमा कोही नभएको समयमा घरको मुल ढोका फोडेर बाक्सामा रहेको सुनको गरगहनाहरु चोरी गरेर फरार भएका युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिखुतामाकोसी गाउँपालिका–३ का १९ बर्षिय लोक बहादुर महतरा रहेका छन । उनलाई सुन सहित प्रहरीले पक्राउ गरेको हो । ईलाक प्रहरी कार्यालय धोबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार