रामेछाप बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु

रामेछाप बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । सोहि ठाउँका वर्ष २१ का सुवास कार्कीको ज्यान गएको हो । बुधबार गाउँमै बिहे भोज खाएर राति घर फर्कदै गरेका सुवास र उनका साथि सविन शाही गाउँ नजिकैको साँघुरेखोलाको भिरबाट लडेका थिए । मादक पदार्थ सेवन गरेका उनिहरु दुबै जना भिरबाट लडेपनि सविन रुखको बुट्टामा अड्किएका थिए ।

भिरबाट लगभग ७० मिटर तल खसेका सुवासको राति नै प्रहरी र स्थानियले उद्धार गरी जिल्ला अस्पताल ल्याएको भएपनि उनको उपचारको क्रममा ज्यान गएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौँलागाँइका अनुसार सविन शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार