नाबालिका बलात्कार आरोपमा रामेछापका एक युवक पक्राउ

नाबालिका बलात्कार आरोपमा रामेछापका एक युवक पक्राउ

नाबालिका बलात्कार आरोपमा रामेछापका एक जना युवक पक्राउ परेका छन । १४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका रामेछापको सुनापति–२ दिमीपोखरीका चेतबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार सुनापति–२ दिमीपोखरीको फलामेपोखरी सामुदायिक वनमा गएकी बालिकालाई सोही गाउँका २६ वर्षीय मगरले जबरजस्ती करणी गरी भागेको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरीले मगरको खोजी तीव्र पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार फरार रहेका मगरलाई खाँडादेवी–१ को खैरिनीघाट नजिकैबाट शनिबार पक्राउ गरिएको हो । अदालतको आदेशअनुसार मगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार