संसद भवन अगाडिबाट रामेछापकी बिनु यादव पक्राउ

संसद भवन अगाडिबाट रामेछापकी बिनु यादव पक्राउ

घरेलु हिंसाबाट पीडित रामेछापकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्रार्उ पर्नुभएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बिनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आउनुभएको छ । कठायतले उहासँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उहाँले अदालत परिसरमै विष सेवन गर्नुभएको थियो ।

पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिनुभएको थियो । केही समय अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उहाँ पक्राउ पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार