आज पनि देशका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागको […]

रामेछापको सुनापतिका एकल पुरुषले पाए भत्ता

रामेछापको सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो । ‘पालिकाको चालु आर्थिक वर्षमा […]

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको […]

उपन्यासकार विनोदकुमार श्रेष्ठको उपन्यास ‘इच्छामरण’ सार्वजनिक

उपन्यासकार विनोदकुमार श्रेष्ठको ‘इच्छामरण’ नामक उपन्यास बजारमा सार्वजनिक भएको छ । आवश्यक न्युनतम स्वास्थ्य सेवामा आम जनताको सहज पहुँच नरहेको र गरिबी,अशिक्षा तथा अन्य कारणले समयमा स्वास्थ्य उपचार पाउन नसक्ने परिस्थितीमा इच्छामृत्युलाई अधिकारका रुपमा दिनुपर्छ भन्ने यस उपन्यासको मूल उद्धेश्य रहेको छ । उपन्यासकार श्रेष्ठ स्वयंले यथार्थ भोगाई उपन्यासमा उल्लेख गर्नुभएको छ । उहाँ २०६३ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन । मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन । रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन […]

एमसीसी विरुद्ध घोषणा भएको बन्दको प्रभाव रामेछापमा न्युन

एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव रामेछापमा न्यून छ । रामेछापमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । रामेछापमा बन्दको प्रभाव नपरे पनि रामेछाप प्रशासनले सुरक्षाकर्मी र प्रहरी परिचालन गरेको छ […]

२०७९ चैत्रसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०७९ चैत्रसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले सबैले आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चार हजारभन्दा धेरै विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई […]

रामेछापमा ९७ हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ९७ हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, […]