विरता र बलिदानको प्रतिक दोरम्बा संसारभर चिनिएको छ : प्रधानमन्त्री प्रचण्ड

विरता र बलिदानको प्रतिक दोरम्बा संसारभर चिनिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा विरता र बलिदानको प्रतिक रहेको बताउनुभयो । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले दोरम्बा देशभर मात्रै नभएर संसारभर चिनिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघले पनि दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको उहाँले बताउनुभयो । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना सेनाको आक्रमणबाट मारिएका थिए ।

सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको थियो । दोरम्बा हत्याकाण्डपछि माओवादीले राजतन्त्र फालेर देशमा गणतन्त्र ल्याएकोे थियो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस : 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार