रामेछाप नगरपालिकामा लम्पी स्किन रोग लागेर १ सय ४६ वटा पशु मरे

रामेछाप नगरपालिकामा लम्पी स्किन रोग लागेर १ सय ४६ वटा पशु मरे

रामेछापको रामेछाप नगरपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट १ सय ४६ वटा भन्दा बढी गाई गोरु मरेका छन । नगरभरीका २८ सय ७५ गाई गोरु संक्रमित रहेको नगरपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख काजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रोग लागेका ४ सय ४६ वटा गाई गोरुको उपचार भैरहेको छ । ९ वटा वडा रहेको नगरपालिकाको सबै वडामा लम्पी स्किन रोग फैलिएको छ ।

लम्पी स्किन रोग लागेर वडा नं १ मा २४,वडा नं २ मा २५,वडा नं ३ मा २३,वडा नं ४ मा ३५,वडा नं ५ मा २१,वडा नं ६ मा ३,वडा नं ७ मा ७,वडा नं ८ मा ९ र वडा नं ९ मा २ वटा गाई गोरु मरेको पशुपंक्षि विकास शाखाका प्रमुख शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार