१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाबियाखर्कका एक पुरुष पक्राउ

१४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाबियाखर्कका एक पुरुष पक्राउ

एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप बाबियाखर्कका एक पुरुष पक्राउ परेका छन । रामेछाप नगरपालिका –८ बाबियाखर्कका ३७ वर्षका भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

यहि साउन २५ गते दिउँसो १ बजेको समयमा भुजेलले गाउँकै १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ ।

बालिकामाथि जबरजस्ती करणी भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा –६ जनाको प्रहरी टोली घटनास्थल पुगेर भुजेललाई नियन्त्रणमा लिइएको बताइएको छ । भुजेललाई नियन्त्रणमा लिएर घटना बारे आवश्यक थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार