बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशतअर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये […]

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार नाघ्यो, ६८ हजारभन्दा बढी स्वस्थ

नेपालमा आज थप ३ हजार ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमाथप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ […]

नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५ सय ३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका […]

नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज […]

नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ […]

नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या […]

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतम आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ […]

नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ । मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने […]

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वैशाख […]