नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतम आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २० हजार ८९१ पुगेको छ । मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन् । यसअघि हिजो १० जनाको मृत्यु भएको थियो भने १ हजार ५१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित थपिने दर बढेको छ ।

बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा मात्रै ६९७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ सङ्क्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित १ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार