नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ । मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनुपर्ने भए पनि यो बर्ष ढिला भित्रिएको मनसुन केही ढिला बाहिरन लागेको हो । मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार