नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । यस्तै आज थप ८ सङ्क्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित मृतकको संख्या ५ सय २८ पुगेको छ ।

अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस कोभिड १९को सङ्क्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि सङक्रमण देखिएको छ । उनीहरुको हिजो स्वाब गरिएको थियो । यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उहाँको पनि परीक्षण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार