कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज १७ जनाको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा […]

सात वटै प्रदेशमा गरी ६ हजार अक्सिजन सहितको बेड स्थापना गरिँदै

नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेडको व्यवस्था गर्ने भएको छ । सात प्रदेशका गरि झन्डै ५० अस्पतालहरुमा अक्सिजनसहितको बेड स्थापनाका लागि मन्त्रालयले ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ समेत पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ को धरान स्वास्थ्य […]

देशमा थप ३१६७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । […]

नेपालमा हाल सम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त

नेपालमा हाल सम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा […]

देशमा पुनः लकडाउन हुनसक्ने सरकारको चेतावनी

सरकारले नागरिकस्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दीको हुनसक्ने सङ्केत गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताकासाथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था नआउने बताउनुभयो । उहाँले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह […]

नेपालमा आज एकै दिन ५ हजार ८ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६७२ कोरोना सङ्क्रमित देखिएका […]

कोरोनाबाट थप दुई जनाको मृत्यु

थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गएराती बाँकेमा अस्पतालमा उपचाररत दुईजना मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ बर्षका किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण […]

समुदायस्तरमा कोरोना फैलिएको बारेमा एन्टिबडी परीक्षण गरिदै

सरकारले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा एन्टिबडी परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबार हिजोदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाको सङ्क्रमण समुदायस्तरमा […]

कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने

कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने भएको छ । हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् । विज्ञहरुले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि लकडाउन गर्न सुझाव दिएका थिए । तत्कालका लागि लकडाउन नगर्ने योजना नबनाएको तर ठाउँ अनुसार फरक रणनीति अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या एक लाख ६ सय ७५ पुगेको […]