नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या ७९ हजार नाघेको छ । आज काठमाडौंमा ८ सय १७ जना थपिएका छन् । ललितपुरमा ६९ र भक्तपुरमा ५८ जना कोरोना सक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । आजसम्म ७९ हजार ७ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ९ सय ६१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर ६ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार