नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार नाघ्यो, ६८ हजारभन्दा बढी स्वस्थ

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९४ हजार नाघ्यो, ६८ हजारभन्दा बढी स्वस्थ

नेपालमा आज थप ३ हजार ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ पिसिआर परीक्षण गरिएकोमाथप ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९४ हजार २ सय ५३ पुगेको जानकारी । यस्तै पछिल्लो २४ घन्टामा थप ११ सय २६ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै डा गौतमले नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६८ हजार ६ सय ६८ पुगेको बताउनुभयो ।

डा. गौतमका अनुसार हाल नेपालभर २५ हजार ७ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित मध्ये १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४ सय ११ जना होमआइसोलेसनमा रहेका छन् । काठमाडौं उपत्यकामा आज मात्रै थप १६ सय ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा२ सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमाथप १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ वटा जिल्लाका गरि ५ महिला र १० पुरुष गरी १५ जनाकोकोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार