रामेछाप मन्थलीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप मन्थलीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाबाट यहि असोज २३ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको ४३ जनाको स्वाबमा ४ जनालाई कोरोनो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेहरुमा राष्टिय वाणिज्य बैँक मन्थलीमा कार्यारत ३ जना कर्मचारी र मन्थली वचतमा कार्यरत १ जना महिला कर्मचारी छन । वर्ष ४६ र २२ का २ पुरुष र वर्ष २३ र ३० का २ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमितहरु होमआईसोलेसनमा बसेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार