रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछापमा कोरोना संक्रमितको संख्या २७० पुग्यो, २५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको छ । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २९ जनामा गरी २ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा आजसम्म २ हजार ७१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १८ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ४७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६९ जना आईसोलेसनमा रहेका छन । जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको छ ।

जिल्लामा २५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म २५ जना क्वारेन्टिनमा रहेका छन । २ जना महिला र २३ जना पुरुष गरी २५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २२ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी जिल्लाभर २५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति उँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार