रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालबाट असोज २६ गते पिसिआर परीक्षणका लागी पठाइएको ९९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रामेछापका वर्ष ४८ का एक पुरुष कर्मचारी , मन्थली नगरपालिका वडा नम्बर ६ का ३८ वर्षका पुरुष र मन्थली नगरपालिका वडा नम्बर ११ का ६३ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । संक्रमित ३ नै जनालाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको उहाँले बताउनुभयो । योसँगै हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार