रामेछापमा कोरोना संक्रमितको संख्या २६३ पुग्यो, ११२ जनाको रिपोर्ट आउन बाँकी

रामेछापमा कोरोना संक्रमितको संख्या २६३ पुग्यो, ११२ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा आजसम्म २ हजार ७१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ७० जनाको उपचार भईरहेको छ ।

जिल्लामा ३३ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३३ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३० जना पुरुष गरी ३३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २३ जना र लिखु तामाकोशी गाउँपालिकामा ७ जना गरी जिल्लाभर ३० जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार