दशैँलाई लक्षित गर्दै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ८ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष केदार कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका साथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरघरमै पुगेर भक्ता वितरण गरिएको उहाँले बताउनुभयो । एकल महिला , वृद्धवृद्धा , अपाङग र लोपन्मुख हायु जातिहहरुको घरघरमै पुगेर भक्ता वितरण गरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण गरिएको उहाँले बताउनभुयो ।

वडाको कच्ची सडकहरुको पनि स्तरउन्नती

दशैँको चहलपहल बढेसँगै गाउँगाउँमा सवारी साधन आउने क्रम जारी छ । दशैँ मान्न गाउँ आएकाहरुलाई यात्रामा सहजता होस भनेर वडाको कच्ची सडकहरुको स्तर उन्नती गरिएको छ । असार साउनमा पानी परेर विग्रीएको सडक स्तरउन्नती गरिएको हो । वडाको विभिन्न कच्ची सडकहरुमा खाल्डाखुल्डी पुर्ने , भत्किएको सडक मर्मत गर्ने , माटोढंगा झरेको ठाउँमा पन्साउने काम गरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । वडाको आरुबोटदेखि देविस्थानसम्मको सडक , गणेश चोकदेखि शारदा सस्कृत माविसम्मको सडक लगायतका सडकहरुको स्तर उन्नती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार