कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

रामेछापको सुनापती गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । सुनापती गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार उक्त रकम […]

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । […]

रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो । खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, शरीर बन्धक, गठी र बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो । धोबी बजारको […]

रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका […]

सिन्धुलीको हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुँदै

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको छ । सतिदेवीको हृदय पतन भएको स्थान हिर्दिङमा हृदपिण्डेश्वर धाम निर्माण हुने भएको हो । धार्मिक गुरु सन्तस्वामी लिलानाथ महाराज तान्त्रिक हिर्दिङमा आएर केहि दिन तपस्या गरेर त्यहाँ दैविक शक्ति रहेको उल्लेख गरे लगतै सो स्थानमा धार्मिक स्थल निर्माण गरिन लागिएको हिर्दिङका […]

अब हायु जाति विस्तारै माथि उठ्दैछन

नेपालको नौ वटा लोपउन्मुख जातिमध्य हायु जाति त्यसै भित्र पर्दछ । हायुजातिको मुख्य थलो रामेछापको मुडाजोर हो । अन्य ठाउँहरुमा मुडाजोरवाट बसाई सराई गरी रामेछापकै वादी, बिर्ता मुगान, हुदील लगायत गाउँहरुमा पुगेको र हाल रामेछापकै छिमेकी जिल्ला सिन्धुलीमा पनि रहेका छन् । त्यसैगरी उदयपुर, सर्लाही, महोत्तरी,केही केही घर धुरी रहेका छन् भने काभ्रेमा बसाई सराई […]

रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]

रामेछाप गोकुलगंगाका ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा […]

रामेछापका ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी, ४५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज मन्थली नगरपालिकाका ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जना गरी ७९ जनाको स्वाब संकलन गरिएको […]