रामपुरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामपुरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

चाडपर्वलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले नजिँदो चाडपर्वलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक सुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष भिम बहादुर तामाङले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका साथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घरघरमै पुगेर भक्ता वितरण गरिएको उहाँले बताउनुभयो । भक्ता लिन वडाकार्यालयमा आउँदा भिडभाड बढ्ने , कोरोना संक्रमणको जोखिम ह्ुने भएकाले घर घरमै पुगेर भक्ता वितरण गरिएको हो । एकल महिला , वृद्धवृद्धा , अपाङग , विद्युवा र दलित गरी भक्ता पाउन योग्य ४ सय ७३ जनाको घरघरमै पुगेर भक्ता वितरण गरिने वडाअध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार