रामेछापका १८४ जनाको रिपोर्ट आउन बाँकी, ५ जना क्वारेन्टिनमा

रामेछापका १८४ जनाको रिपोर्ट आउन बाँकी, ५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ ।

जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६३ जना आईसोलेसनमा रहेका छन । जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८६ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा गरी २ सय ८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा ५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ५ जना क्वारेन्टिनमा रहेका छन । गोकुलगंगा गाउँपालिकामा ४ जना र लिखु तामाकोशी गाउँपालिकामा १ जना गरी जिल्लाभर ५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार