वाग्मती प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने

वाग्मती प्रदेशले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको छ । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।संघीय सरकारले कोरोना सङ्क्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार